काठमाडौं । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।
का दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । टुँडिखेलमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । सो सम्बोधनमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिने र संविधान कार्यान्वयन अवस्थाबारे जानकारी दिने बताइएको छ ।
यस्तै, संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीबन्दीको कैद मिनाहा गरिदिएकी छिन्। संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।