काठमाडौं । सरकारले शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण नगर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा मृतकहरुको स्वाब लिएर कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए ।
गौतमले शव व्यवस्थापनमा खटिएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।