पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, थपिए १४५९ जना संक्रमित

काठमाडौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । भने १० हजार ६२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ७ जना पुरुष र ४ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.