इटहरी । लकडाउनका कारण अस्पतालमा रगतको अभाव भएको भन्दै किवानीस क्लव इटहरीले इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को कारण बिरामीहरुलाई समस्या परेको भन्दै क्लवले शुक्रबार इटहरी – ६ मा आकस्मिक रक्तदान कार्यक्रम संचालन गरेको हो ।
क्लवका अध्यक्ष किर्वन पराजुलीको प्रमुख आथित्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौडेल, इटहरी उपमहानगरपालिका उप्रमुख लक्ष्भी गौतम, किवानीस जिल्ला डिभिजन प्रमुख प्रकाशकुमार भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा ५१ पिन्ट सगत संकलन भएको संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिए ।