No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु (कहाँ कति ?)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । नेपालमा पछिल्लो समय कोरोना संक्रमणले थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको हिजोको नियमित प्रेस व्रिफिङपछि चितवनमा ४, पर्सामा ३, सिराहाका १, सुनसरीका १, काठमाडौंमा एक जनाको ज्यान गएको हो ।

हिजो ज्यान गुमाएका सुनसरी धरान ११ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निमोनियाले मृत्यु भएपछि गरिएको पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमतिको पनि ज्यान गएको छ । सिराहाको मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको ज्यान गएको हो । उनी भदौ ९ गते कोरोना पुष्टि भएपछि १० गते प्रतिष्ठानमा भर्ना भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी उनको हिजो बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

यसैगरी काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज ज्यान गएको काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसीले जानकारी दिए ।

उता चितवनमा ३ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ भने एक संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरुष र भरतपुर ११ कै १८ वर्षीया युवतीको कोरोनाका कारण ज्यान गएको हो ।

यसैगरी चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको आज विहान ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारका त्रलममा ज्यान गएको कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । एता पर्सामा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

वीरगन्ज महानगरपालिका २० हरपतगञ्जका ५३ बर्षीय पुरुष, बारा कोहल्वीका ६० वर्षीय पुरुष र अर्का ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको ज्यान गएको नारायणी अस्पतालका सूचना अधिकारी डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए यो संख्यालाई स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

Tags: कोरोना परीक्षणकोरोना संक्रमितको मृत्यु
ShareTweetPin
Previous Post

‘बचत’

Next Post

पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

Next Post

पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.