पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

रामधुनी । भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ ।

सोमबार कोरोना भाइरस संक्रमणसँग जुधिरहेका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको अपरान्ह निधन भएको हो ।

८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन्। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको गत साउन २६ गते मस्तिष्काघात भएर शल्यक्रिया गरिएको थियो ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको तेह्रौं राष्ट्रपतिका रुपमा कार्यरत थिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.