रामधुनी । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम यतिबेला विवादमायतिबेला विवादमा तानिएकी छिन् ।
स्थानीय एक संचारमाध्यमबाट उपप्रमुखले उपमहानगरमा कर्मचारी आफ्ना मान्छेलाई नियुक्ति गर्न तत्कालिन प्रमुख प्रसासकिय अधिकृतलाई दिएको भिडियो टेप सार्वजनिक भएपछि विवादमा तानिएकी हुन् ।
सो भिडियोमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँलाई आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको सुनिन्छ । तर उपप्रमुख गौतमले भने सो कुराको खण्डन गरेकी छिन् । उनले फलैचान्यूज सँग कुरा गर्दै भिडियो टेप इडिट गरेर प्रसारण गरेको बताइन् ।
इटहरी उपमहानगरपालिकाले कार्यालय सहयोगी र सहायक कम्प्युटर पदको लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशन गरेको थियो । सो क्रममा उपमेयरले नगरका पुराना कर्मचारीलाई राख्ने र नयाँ आवश्यकता अनुसार नियुक्ती गर्नुपर्ने बताएकी छिन् ।
उपमेयर गौतमले त प्रमुख प्रसासकीय अधिकृतलाई सरुवा हुँदापनि आफ्ना मान्छे राख्ने भनेको भन्दै । पुराना कर्मचारी आफना नभएको जिकीर समेत गरेकी छिन् ।
गत वर्षको ०७६ चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म अन्तर्वार्ताको परीक्षा मिति तोकेको भएपनि चैत्र ६ गते एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण उल्लेखित पदको लागि समय तालिका परिवर्तन गरी अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय भएबमोजिम जानकारीका लागि भन्दै सूचना प्रकाशित गरिएको थियो । तर, लिखित परिक्षा बेगर तत्कालिन अधिकृतले राताराच अन्तरवार्ताका लागि प्रपञ्च गरेको उनको भनाई छ ।
नगरपालिका भित्रको वेधिति अन्त्यमा आफू लागिरहेको बताउँदै । नगरलाई पारदर्शी बनाउनुर्पोमा उनको जोड छ ।