रामधुनी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिकाका ८३ वर्षीय बृद्ध र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिला रहेका छन् ।
बृद्धलाई सुगर, प्रेसर र मृगौला (किडनी) मा पनि समस्या रहेको थियो । कोरोना कारण झापाका दोस्रो ब्यक्तिको मृत्यु भएको हो । यस अघि दमकका एक ब्यक्तिको कोरोना संक्रमणले काठमाडौमा मृत्यु भएको थियो ।
गत साउन ३२ गते उनको स्वाब परीक्षण गरिएको थियो उनको भदौ ३ गते रिर्पोट आएको थियो । उनी शुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि पुगेका थिए । त्यसपछि उनि बिएण्डसी अस्पताल पुगेकाा थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै मोरङको बेलबारी–५ की ५६ वर्षीया महिला गत ९ गते अस्पताल भर्ना भएकी थिईन् । उनको शुक्रबार विहान निधन भएको हो ।
उनको आफन्तसँग सम्पर्क हुन नसकेकाले दीर्घकालीन रोगबारे थाहा हुन नसकेको जनाइएको छ ।