क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गर्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बीमा गरेको छ ।

गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१ जनाको कोरोना बीमा गरेको क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना महिला क्रिकेटरको पनि कोरोना बीमा गरेको बताएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार गत मंसिरमा नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) टी–२० क्रिकेट टोलीमा रहेका महिला टोलीको कोरोना बीमा भएको हो ।

कोरोना महामारीका कारण यो वर्ष महिला र पुरुष टोली दुवैको अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना न्यून छ ।

यसैविच कोरोना भाइरसको बढ्दो संक्रमण देखाउँदै क्यानले वार्षिक साधारणसभा पनि स्थगित गर्ने निर्णय गरेको छ

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.