कोइरालामाथी चर्को विरोधपछि सञ्चालक समितिको बैठक नै स्थगित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आज बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ ।

सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बैठक नै स्थगित भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहनुभएका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धक लगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

कोइरालालाई पहुँच तथा सरकारी नातागोताकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै जनस्तरबाट चर्को विरोध भइरहेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.