नेकपा अध्यक्षद्धय आज छलफलमा जुट्ने

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदै छ ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनउपर छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको श्रोतले जनाएको छ ।

यसअघि सोमबारका लागि हुने भनिएको छलफल दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गर्न भन्दै स्थगित गरेका थिए । आजको भेटबार्ताको समय भने तय गरिएको छैन ।

३० साउनमा दुवै अध्यक्षले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलले विभिन्न सुझावहरुसहित प्रतिवेदन बुझाएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.