रामधुनी । उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उदेश्यले रामधुनीमा गोल्डेन ब्रिज कलेज संचालनमा आएको छ ।
प्रविधिको विकास क्रमसंगै विभिन्न विषयमा पढाई हुने गरी गोल्डेन ब्रिज कलेज संचालनमा आएको हो ।
रामधुनी ५ लगौना चौकमा रहेको गोल्डेन ब्रिज कलेजले कक्षा ११ र १२ का लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, शिक्षा तथा कम्प्युटर साइन्समा भर्ना सुरु गरेको छ ।
पढाइले मात्रै केही हुँदैन पढेका कुरा व्यवहारमा पनि उर्तान सक्नेगरी व्यहारीक शिक्षालाई विषेश जोड दिनु आवश्यकता रहेकाले नविनतम तरिकाले कलेज संचालनमा ल्याएको कलेजका हरी रायमाझीले जानकारी दिए ।
कलेजमा ब्यवहारीक शिक्षाका साथमा इन्टर्नसीप, तथा तालिमसहीतको व्यवस्था समेत रहेको उनको भनाई छ । रामधुनीको झुम्कामा पत्रकार भेटघाट गर्दै रामधुनीमा यस्तो खालको कलेजको आवश्यकता रहेकोले केही बर्षदेखि पहल गरिएको उनले जानकारी दिएका थिए ।
स्थानीय स्तरकै क्षमता तथा दक्षता भएका शिक्षक तथा कर्मचारी, रामधुनी प्याब्सनमा आबद्धहरुको समुहले नै कलेज संचालनमा ल्याएका हुन् । अहिले सो कलेज युनीक एकेडेमीको व्यानरमा संचालन भइरहेको छ ।
रामधुनी आसपासका विद्यार्थीहरुका लागि मध्यनजर गर्दै संचालित कलेजले महामारीका कारण अनलाइनबाटै भर्ना सुरु गरेको छ ।
कलेज संचालनका लागि टिमले लगौना चौकबाट ५० मिटर भित्र भवन भाडामा लिइसकेको सो अबसरमा जानकारी गराइएको थियो ।