इटहरी । पछिल्लो सयम समुदायमा कोरोना भाइरसका संक्रमण देखिन थालेपछि इटहरी उपमहानरपालिकाले २ वडा शिल गर्ने निर्णय गरेको छ ।
सोमबार इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र जिल्ला प्रहरी प्रमुख कमल थापाको उपस्थितिमा बसेको वैठकले वडा नं ६ र ९ नम्वरलाई शिल गर्ने निर्णय गरेको हो ।
ती वडामा अतिआवश्यक सेवा वाहेक सवै सेवा र हिडडुल समेत पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।