रामधुनी । नेपाली कांग्रेस रामधुनीले घरदैलोमा निस्कदा जनताका सबै समस्याहरू टिपोट गर्ने गरेको छ । जनताका समस्या समाधान गर्ने प्रतिवद्धता साथ घर दैलो अभियानमा निस्किएको कांग्रेसले निर्वाचित भएर आएसँगै पहिलो प्राथिमिकतामा जनताको समस्याहरु समाधान गर्ने मेयरका उम्मेदवार सुदीप अधिकारीले बताए।
रामधुनीको वातावरणीय अवस्था , भौगोलिक समस्या , पूर्वाधार निकासका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेपाली कांग्रेसबाट रामधुनीमा मेयरका लागि सुदीप अधिकारी र उपमेयरमा आशा चौधरी लगायत ९ वटै वडाका वडाध्यक्ष देखि सदस्यहरू सम्म घरदैलो अभियानमा जनताको समस्या टिपोट गर्ने गरेका छन् ।
नगरवासीको आयआर्जनमा सहज बनाउने र घर दैलो अभियानको क्रममा जहाँ समस्या त्यहाँ समाधान लगायतका एजेण्डा सहित आफ्ना सहयोगी सहित घरदैलो अभियानमा रहेका छन् । घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोट गरि सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात सोही विषयमा छलफल गर्दै समाधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारी राखेका हुन ।
रामधुनीको समग्र बिकास र समृद्ध नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य ,कृषि तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई नगरमा रहेका समस्याहरू समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार अधिकारी मतदाताको घरदैलोमा पुगिरहेका छन ।
स्थानीय निर्वाचनको मिती नजिकिँदै गर्दा सुनसरीको रामधुनीमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरूले आ आफ्नो एजेण्डाहरू बोकेर घरदैलो अभियानलाई तिव्रता दिदै आएका छन ।
यसैबीच नेपाली कांग्रेस रामधुनीले पनि स्थानीय निर्वाचनमा जित हासिल गर्न यतिबेला चुनावी एजेण्डा सहित जनताको घरदैलो अभियानलाई तिव्रता दिदै आएको छ ।

