इटहरी । झापा बिर्तामोडको एक होटलमाआगलागी भएको छ । बिर्तामोड नगरपालिका ४ भद्रपुररोडमा रहेको न्यू फास्टफुड होटल एन्ड सेकुवा कर्नरमा आगलागी भएको हो ।
बिर्तामोड, मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भईरहेको छ । आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । आगलागीको कारण भने पत्ता लागेको छैन ।

















