तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको समुद्घाटन् भएको छ ।
जिल्ला प्रहरी कार्यालय शनिबार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित नागरिक सहायता कक्ष भवनको बिधिवत रुपमा उद्घाटन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण पश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए ।
उनले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

