सुने अनुसार बिक्रम सम्बत २०२८ साल तिर बनाइएको विमान स्थल हो यो । मेरो बुबाले भन्नु हुन्थ्यो हामी झर्लाङ्गि गएर ७ दिन बस्यौं । भुटेको मकै खाएर काम गर्यौं । यसरी बनाको है यो मैदान भनेर सुनाउनु हुन्थ्यो ।
हामी गाँउमा ठुलो झुन्डमा भेला भएर काम सघाउन जानलाई झर्लाङ्गि भन्ने गर्छौं । मेरो बुबा जस्तै जिल्ला बासि सबैको श्रमदान छ यो मैदान बन्नमा । यो पुर्खाहरुको पसिनाले बनेको एउटा जिउँदो ईतिहास हो । आज आएर एका एक कुनै व्यक्तिको नाममा यसको नाम परिवर्तन गर्नु कदापी ठिक होइन । मेरो बुबाहरु जस्ता शयौ हजारौ श्रमदान गर्नु हुने जिल्ला बासी पुर्खाहरुको अपमान हो ।
जानकारहरुको भनाई अनुसार यो ठाउँ सारै हावा चल्ने सम्म टारी भएकोले त्यहाका मुलबासी याक्थुङ जातिले आफ्नो याक्थुङ भाषामा सुरित केसुक्पा अनि सुक्या(टार) जग्गा भन्थे । खष पर्वते भाषामा हावा चल्ने टार वा बतासे टार । पछि त्यै सुक्या तेल्लक अपभ्रमित भएर सुके टार भयो । यसरी पहिले नै अतिक्रमण भै सकेको नाम माथी फेरि दोश्रो पटक अतिक्रमण गरिनु जघन्य अपराध हो भन्ने लाग्दछ ।
स्व. रवीन्द्र अधिकारी प्रती हाम्रो सम्मान छ । तर, पुरानो बनिसकेको नामलाई परिवर्तन गर्नु भन्दा नया बन्ने कुनै पनि संरचनाको नाम वहाको सम्झनामा राख्दा उत्तम हो । सुन्नमा आए अनुसार वहाको स्मृतिमा पार्क पनि बन्दै छ अरे । यदि त्यसो हो भने किन यो एयरपोर्टको नाम परिवर्तन गरि रहनु पर्यो ? स्मृति पार्कलाई बरु पर्यटन भित्रीने गरि भव्य ततिकाले निर्माण गरौं ।
त्यसैले यो नाम परिवर्तन गर्दै स्थानिय पहिचानका ईतिहासहरु नामेट गर्दै लाने वर्तमान सरकारको कदम प्रती घोर आपत्ती छ । यो सरकारको निर्णय तुरुन्त बदर गरियोस । यस कदमलाई रोक्न सम्पुर्ण स्थानीय युवा, सर्वसाधारण, बुद्धिजीवी र जनप्रतिनिधिहरु प्रती ध्यानाकर्षण गराउन चाहन्छु ।
सबै ताप्लेजुङ्गे जनता एक भएर यो गलत निर्णयको बिरोध गरौं । सुकेटार विमानस्थल नामलाई परिवर्तन हुनबाट रोकौं । यदि नाम परिवर्तन नै गर्ने हो भने ताप्लेजुङ जिल्लालाई वा त्यहाको स्थानीयलाई पुर्याएको योगदानको आधारमा गरौं ।
केही उदाहरण
१. सिरिजङ्गा बिमानस्थाल
वहाले स्थानिय याक्थुङ जातीको भाषा, धर्म र लिपि बारे योग दान गरे ।
२. बिष्णु मादेन विमानस्थल
भुपु मन्त्री बिष्णु मादेनको वंशले यो जग्गा दान गरेर योगदान गरे ।
३. याक्थुङ विमानस्थल यो विमानस्थल बनाउदा ९०% श्रमदान यहाका भुमिपुत्र याक्थुङ जातिले गरे ।
४. चन्द्र पालुङ्वा विमानस्थल
वहाँ पनि स्थानिय सभासद र मन्त्री थिए, विमान दुर्घटना मै मृत्युु भएको थियो ।
५. केहि बर्ष अघि हेलि दुर्घटनामा दिवाङ्गत डक्टर हर्क गुरुङ, मन्त्री गोपाल राई लगायत अरु उच्च पदमा रहेका व्यक्तिको नाममा नामाङकरण किन नगर्ने ?
६. पश्चिम कास्की जिल्ला निवासी रबिन्द्र अधिकारिको ताप्लेजुङ जिल्लालाई योगदान के के छ्न ? मेरो गहिरो प्रश्न छ ।
जय ताप्लेजुङ ! जय सुकेटार विमानस्थल !

















