No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेलैमा सजग भै स्वास्थ्य मापदण्ड अपनाइ आफू र सिङ्गो समाजलाई सुरक्षित बनाउँ

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २१, २०७८
in आलेख, काेराेना अपडेट, हेडलाइन
0
बेलैमा सजग भै स्वास्थ्य मापदण्ड अपनाइ आफू र सिङ्गो समाजलाई सुरक्षित बनाउँ
Share on FacebookShare on Twitter

उत्तरी छिमेकी चीन बाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण पहिलो लहर पछाडी पुन दोश्रो तथा तेश्रो लहरले नेपालीहरुमा अझ बढी त्रास थपिदिएको छ । लामो समय देखि मानव सभ्यतामै चुनौतीको रुपमा देखिएको कोभिड– १९ कोरोना भाईरसको सामना हामी सबैले गरिरहेका छौँ ।

कोरोनाको महामारी अब केही वर्ष सम्म जान्छजस्तो देखिदैन बिश्व स्वास्थ्य संगठनले पनि अब क्रमिक रुपमा आउने भाइरसको नाम समेत सार्वजनिक गरिसकेको छ । त्यसैले अब जनस्वास्थ्यका मापदण्डहरू लाई जीवन पद्धति बनाउन अभ्यस्त हुनु नै राम्रो विकल्पका रुपमा देखिएको छ । पहिलो लहरको तुलनामा दोश्रो लहरमा भेटिएका संक्रमितहरुमा जटिल किसिमका समस्याहरु देखिएका छन् । भेन्टिलेटरमा राख्नुपरेका बिरामी बाँचेर आउने सम्भावना पहिलाको भन्दा धेरै कम रहेको देखिन्छ ।

हरियो तकारी, फलफुल र दुध तथा दुधजन्य पदार्थको को बिक्रि बितरणमा थप कडाइ गर्दै दोश्रो लहरको संक्रमण सुरु भएयता निषेधाज्ञा जारी गरियो तर पनि समुदाय स्तरमा संक्रमण फैलिन पुग्यो । पछिल्लो समयमा दैनिक परीक्षणलाई हेर्ने हो भने दैनिक पहिचान हुने संक्रमितको संख्यामा गिरावट आएको देखिन्छ तर पहिले कति संख्यामा परिक्षण गरिन्थ्यो र अहिले कतिको संख्यामा परिक्षण गरिदै छ भनेर एकपटक नियाल्नु पर्ने हुन्छ । संक्रमित हुने को प्रतिशत हेर्ने हो भने खासै संक्रमित घटेको देखिदैन ।

अझै पनि समुदायमा धेरै संक्रमित परिक्षण गराउदा पोजेटिभ पो आउने हो कि ? यदि पोजेटिभ आयो भने हस्पिटल नै पो भर्ना हुनु पर्ने हो कि ? भन्ने डरले आफू खुसी औसधि प्रयोग गरेर घरमै बसिरहेका छन् । समुदाय स्तरमा संक्रमण भएकाले परीक्षण गरेर संक्रमितको पहिचान गराएर समयमा नै सहि तरिकाले उपचार नगर्ने हो भने अवस्था अझ भयावह नहोला भन्न सकिदैन ।

हुन त संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सुरक्षानिकाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी , समाजसेवी, सामाजिक अभियानता तथा कर्मचारीहरु दिनरात नभनी लागी परिरहेका छन । कतिपय स्थानमा संक्रमित व्यक्तिको घर–घरमा गएर स्वास्थ्यकर्मीहरुले निरन्तर रुपमा सेवा गरिरहेका छन् ।
अहिले निषेधाज्ञाले बजार तथा मुख्य सडक त सुनसान बनेका छन् तर मुख्य सडक छोडेर कहि भित्रि सडक र गाँउ घरतिर हेर्ने हो भने अझै पनि चहलपहल नियन्त्रणमा आइसकेको देखिदैन । मानिसहरु कोभिड संग डराइरहेका त छन् तर पनि भित्रि सडक र गाँउमा नियमित गतिबिधि कायम रहिरहेका छन् । सोही कारणले गर्दा पनि संक्रमण समुदायस्तरमा फैलिदै गएको देखिन्छ ।
औषधि उपचारको लागि बाहेक अन्य कामको लागि घर बाहिर निस्कन प्रतिबन्ध लगाएपनि भित्रि सडकमा हावा खाने निहु पार्दै मानिसहरुको भिड लाग्ने गरेको देखिएको छ । त्यतिमात्र नभर अनेक बाहानामा सबारीसाधन समेत सञ्चालन भैरहेका छन्, प्रहरीले उनिहरुलाइ रोकेको खन्डमा जनप्रतिनिधि बाटै हाम्रो मान्छे हो छोडिदिनु भने खालका फोनहरु आउने गरेको छ ।
संक्रमितको संख्या कुल परीक्षणको २५ देखि ३५ प्रतिशत रहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने काम मात्र भएको विज्ञहरुको भनाइ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले पनि नमुना संकलन नै कम भएकाले परीक्षण घटेको स्वीकार गरेका छन् ।

उनले अझै पनि परीक्षणलाई समुदायस्तरमा पुर्याउन नसकिएको र अधिकांश पीसीआर परीक्षण कोरोनाको लक्षण देखिएर अस्पताल वा स्वास्थ्य संस्थामा आई नमुना दिनेको मात्र भएको बताए । उनले स्थानीय तहमा एन्टिजेन परीक्षण पनि कमै मात्र भएको स्विकारेका छन् ।

अर्को महत्वपुर्ण कुरा त गरिवहरुले लकडाउनको कारणले काम गर्न नपाएर वा खाद्यान्न लिन नपाएर मर्ने अवस्था आयो भने त्यो कोरोनाको कहर को भन्दा धेरै पीडादायी हुने देखिन्छ त्यसैले बेलैमा सजग भै स्वास्थ्य मापदण्ड अपनाइ आफू र सिङ्गो समाजलाई सुरक्षित बनाउँ ।

ShareTweetPin
Previous Post

ताइपेई विरुद्ध नेपालको सानदार जित

Next Post

सुकेटार एयरपोर्ट बारे मेरो गहिरो प्रश्न !

Next Post
सुकेटार एयरपोर्ट बारे मेरो गहिरो प्रश्न !

सुकेटार एयरपोर्ट बारे मेरो गहिरो प्रश्न !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.