इटहरी । प्रदेश १ मा शनिबार ८८८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, सङ्खुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्बुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार ४६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार २६६ जना सङ्क्रमणमुक्त भएका छन् । शनिबार २५७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४५६ पुगेको छ ।

















