इटहरी । संविधानको धारा ७६ को ३ बमोजिम अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम शुक्रबार हुने भएको छ । दिउसो २ बजे सपथ ग्रहण राष्ट्रपति कार्यालयमा हुने छ ।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु प्नि पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु–याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अब ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

















