इटहरी । राईड सेयरिंग सेवा मोटरगाडी प्रदेश न १ सहित एकै पटक पोखरा र बिरगंजमा सुरुहुने भएको छ।
भिगोर इन्कर्पोरेसन द्वारा संचालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो जसमा अनलाइन मार्फत सवारी बुक गर्न सकिन्छ ।
पोखरास्थित ‘कप्स कफी बार’ संग पार्टनरसिप सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए । कप्स कफी बारका संचालक निकेश श्रेष्ठका अनुसार पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो सेवा अत्यन्तै जरुरी रहेको छ। उनले पोखराका प्रयोगकर्ताका लागि त्यहाँको आवश्यकता अनुसार गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
त्यसैगरी, मोटर गाडीले बिरगंजमा रहेको ट्राभल्स एंड टुर्स् कम्पनी इ. न.पी डेस्टिनेशन प्राईभेट लिमिटेड संग पार्टनरसिप सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। भन्सार नाका रहेकाले आवत जावत धेरै हुने हुदाँ बिरगंजमा यो सेवा प्रयोगकर्ता लाई राम्ररी दिन सकिने इ.न.पी डेस्टिनेशनका संचालक दिपेन्द्र श्रेष्ठले बताए ।
हालै मोटर गाडी सेवाले इटहरीबाट आफ्नो डेमो राईड सुरु गरेको छ। प्रयोगकर्ता हरुमाझ पुगाउनु आघि सम्पूर्ण टेक्निकल त्रुटीहरुलाई समाधान गरी एपको प्रयोग सजिलो बनाउन अन्तरिक डेमो राईड गरिएको रिसर्च एंड डेवलोपमेन्ट म्यानेजर उदयदिप चौधरीले बताए ।
चौधरीका अनुसार आगामी बैशाखबाट पूर्ण रुपमा सम्पूर्ण प्रयोगकर्ता हरुले यो सेवा गुगल प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। साथै टु जी प्रयोगकर्ताहरुले समेत मोटर गाडी लाईट भर्जन बैशाख बाटनै प्रयोग गर्न सक्नेछन् ।
- के हो मोटरगाडी ?
मोटरगाडी राइड सेयरिंग सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो। विश्वभरिका राइड सेयरिंग कम्पनी जस्तै मोटरगाडीले अल्गोरिदमको प्रयोग गरी यात्रुहरुलाई एउटै गन्तव्य तर्फ जाने नजिकैको चालकहरु संग सम्पर्कमा ल्याऊदछ। हाल मोटरगाडीले मोबाईल एपद्वारा अटो, कार तथा मोटरसाइकल मार्फत सवारी सेवा प्रदान गर्दछ। यो सेवाबाट जो कोहिले पनि जुन सुकै समय र स्थान बाट सजिलो तरिकाले सवारी बुक गर्न सक्छ।
ड्राइभर पार्टनरका लागि चालक साथीहरुले ‘MotorGadi Drive’ र यात्रुहरुले ‘Motorgadi’ नामक एप गुगल प्लेस्टोरबाट इन्टरनेटसहितको एनड्रोइड मोबाईलमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। - मोटरगाडी विशेषताहरु ।
१. अनलाइन तरिकाबाट सवारी बुक गर्न सकिने
२. आफु संग भएको सवारी प्रयोग गरी आम्दानी गर्न सकिने
३.डिजिटल माध्यम वा नगद, दुवै प्रयोग गरी भाडा भुक्तानी गर्न मिल्ने
४. महिला यात्रुले महिला चलाकनै छान्न मिल्ने
५. आफ्नो लोकेसन ट्रयाक गर्न मिल्ने
६.इन्सुरेन्स सुबिधा मार्फत आफ्नो यात्रा सुरकछित गर्न सकिने
७. सवारी चढ्न स्ट्यान्ड सम्म पुग्नु नपर्ने
८. वातावरण सुधारका साथै इन्धनको बचत

















