No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सती प्रथा अन्त्यलाई किन उत्सव रुपमा मनाउँदैनौँ ?

फलैचा न्यूज by फलैचा न्यूज
असार २५, २०८०
in आलेख, मुख्य समाचार, राष्ट्रिय, समाज, हेडलाइन
0
सती प्रथा अन्त्यलाई किन उत्सव रुपमा मनाउँदैनौँ ?
Share on FacebookShare on Twitter

महिला अधिकारको पक्षमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनगिन्ती कानुनहरू बनेका छन् । हामीलाई अरूले जबरजस्त थुपारिदिएका कानुनहरू महान् लाग्छन् तर एक पटक इतिहास फर्केर हेरौँ त, आज आषाढ २५ गते यानकी आजकै दिन १०३ वर्ष अगाडि (१९७७/३/२५गते) प्रधानमन्त्री चन्द्र शमशेरले अमानवीय सती प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए ।

हरेक विवाहित महिलाहरूले आफ्नो पतिदेवको मृत्यु पश्चात् पतिको जल्दै गरेको चिताको आगोमा जिउँदै जल्नु पर्ने क्रूर अमानवीय प्रथाको अन्त्य गर्नु के सानो क्रान्ति थियो ? यस्तो क्रूरताबाट नेपाली विवाहित महिलाहरूलाई स्वतन्त्रता दिलाएर बाहिर ल्याउनु चानचुने कुरा थियो र ! आज म सोध्न चाहन्छु प्रत्येक नेपाली महिलाहरूलाई :–

तपाईँहरूलाई एक वाक्य बोल्न दिएर पल पल मर्न बाध्य बनाउने ८ मार्चलाई नारी स्वतन्त्रताको उत्सव मनाउनु हुन्छ तर हरेक नारीलाई जिउँदै चितामा जल्नु पर्ने कुप्रथाको अन्त्य गरी बाँच्ने स्वतन्त्रता स्थापित गरिएको दिन आषाढ २५ लाई तपाईँ किन उत्सव या पर्वको रूपमा मनाउनु हुन्न ? ८ मार्च भन्दा आषाढ २५ कसरी कमजोर भयो ? बाँच्न पाउने अधिकार भन्दा अर्को कुन अधिकार महान् हुन्छ ? तपाईँहरूलाई यो दिन महिला स्वतन्त्रताको उत्सव मनाउन कसले दिएको छैन ? भन्नुहोस् हामी काँधमा काँध मिलाएर साथ दिन तयार छौ, के तपाईँ यसको लागि तयार हुनुहुन्छ ?

चन्द्र शमशेरका पनि आफ्ना कमी कमजोरी होलान् । खोज्दै गयो भने चन्द्रमामा पनि दाग भेटिन्छ तर चन्द्र शमशेरलाई नेपाली नारी अधिकारका पिताको उपमा दिँदा पनि कुनै फरक पर्दैन किनकि बाँच्न पाउने अधिकार भन्दा अर्को ठुलो अधिकार दुनियाँमा अर्को कुनै अधिकार हुनै सक्दैन । यस्तो महान् अधिकार स्थापित गर्ने चन्द्र शमशेर र आषाढ २५ को कतै चर्चा हुँदैन किन ? मेरो सबै धर्म, रीतिथिति, संस्कृति प्रति गहिरो सम्मान छ तर प्रिय आमा दिदी बहिनीहरू यसो सम्झनुहोस् त तपाईँहरूले पूजा गर्न राखिएका पूजा कोठा भित्रका शिव, गणेश, विष्णु, येशू, अल्लाह के के हो के के तिनीहरूले तपाईँहरूलाई बाँच्न पाउने कुन अधिकार स्थापित गरेका थिए र पूजा गर्नुहुन्छ ? ती कहिल्यै भगवान् थिएन ।

सदियौँदेखि उक्त नामहरू भगवान् हुन भनी समाजमा भाष्य स्थापित गरियो । त्यसैले कथित भावलाई पुज्नु भन्दा साक्षात् भगवान् चन्द्र शमशेरलाई पुज्नु के अपराध हुन्छ र ? आज तपाईँ हाम्रा हरेक सामाजिक सञ्जाल होस् या मोबाइल फोनमा होस् सबैको वालपेपर तिनै कथित मिथकीय भगवानरुपी तस्बिरहरूले भएको छ । अब श्रवण महिना लाग्दै छ उक्त महिना हरेक नारीहरूले मेहन्दीले हात रङ्गाएर आफूले माया गर्ने मान्छेको नामको पहिलो अक्षर लेख्ने प्रचलन छ । भोलि अप्ठ्यारो परेको बेला या तपाईँ भन्दा राम्रो पाउने बित्तिकै छाडेर जानेको नाम लेखेर के पाउने हुन्छ ? यदि यो देशमा चन्द्र शमशेरको जन्म हुँदैन थियो भने श्रवणमा तिमीले आफ्नो हत्केलामा मेहेन्दीले गाढा बनाएर लेखिएको नामको व्यक्ति मर्दा जिउँदै बलिरहेको चितामा सेकिएर असैय पीडाको चित्कारसँगै जल्नु पर्थ्यो । मलाई लाग्छ अब यसमा सबै नारी वर्गले पुनर्विचार गर्ने की !

तपाईँलाई बाँच्ने अधिकार स्थापित गराउने तस्बिर पूजा कोठामा किन नराख्ने ? किन नपुज्ने ? त्यसैले मेरो प्रियसीलाई पनि आइन्दा श्रावणमा मेहन्दीले तिम्रा हत्केलामा मेरो नामको पहिलो अक्षर टी होइन सी लेख्नु सी जसबाट म चन्द्रबहादुर होइन म मर्दा पनि मेरो जल्दै गरेको चितामा रापिएर कर्कशपूर्ण चित्कारसँगै मर्न बाध्य पर्ने दिनको अन्त्य गरी हाँसी हाँसी बाँच्न पाउने अधिकार स्थापित गर्ने चन्द्र शमशेरको नाम हो भनी तिमीलाई सधैँ सम्मान गर्ने छु । त्यसैले अबदेखि हरेक आषाढ २५ लाई महान् नारी स्वतन्त्र दिवसको उत्सव मनाउनु पर्दछ ।

ShareTweetPin
Previous Post

एसईईमा झापाकै उत्कृष्ट बन्यो सामुदायिक मावि मोहनमाया

Next Post

झापामा ब्राउनसुगर सहित ५ जना पक्राउ

Next Post
नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा सन्तोष राई पक्राउ

झापामा ब्राउनसुगर सहित ५ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.