काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीचको भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो भेटवार्ताका लागि कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुगेका थिए ।
कांग्रेस नेता निधिले समाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै भने, ‘भेटवार्ता सकारात्मक र परिणाममुखी भएको छ।’ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको कांग्रेस नेता निधिले ट्वीटरमार्फत जानकारी गराए ।
यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।
यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए ।

















