बक्लौरी । दोश्रो संस्करणको पञ्चायन गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एन.एफ.सी. धरानले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा सुनसरी तरहराको योङलर्ड बुद्ध क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।
बिजेता एन.एफ.सी. धरानले नगद १ लाख २५ हजार रुपैया हात पारेको छ भने उपबिजेता योङलर्ड बुद्धले ७५ हजार रुपैयामा चिक्त बुझायो ।
सुनसरीको रामधुनी ७ स्थित पञ्चायन खेल मैदानमा सम्पन्न प्रतियोगितामा बिजेता टिमका दोर्जे तामांग सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ७ हजार रुपैया प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड तरहराका सुजन मगर, सर्वाधिक गोलकर्ता धरानका मिलन लिम्बु, उत्कृष्ट डिफेण्डर धराका बिकु राई र उत्कृष्ट प्रशिक्षक मौसम राई घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आयोजक पञ्चायन क्लबका रञ्जित कार्की घोषित भए । उनीहरु सबैले जनही नगद ५ हजार पाप्त गरे ।
गत असोज १ गतेदेखी सुरु भएको प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा शान्तिनगर फूटबल क्लब इटहरी, उदयपुर फुटबल क्लब गाईघाट, मितेरी फुटबल क्लब धरान, इनरुवा इभेन्ट्स म्यानेजमेन्ट इनरुवा, सप्तकोशी फुटबल क्लब बराहक्षेत्र, नवयुवा क्लब मोरङ, सयपत्री फुटबल क्लब बराहक्षेत्र, योङलर्ड बुद्ध क्लब इटहरी र आयोजक टिम निलो र रातो गरी १० टिमले प्रतिष्पर्धा गरेका थिए ।


