बक्लौरी । “साथ तपाइको नेतृत्व हाम्रो, हामी बनाउँछौं हाम्रो ठाउँ” भन्ने मुल नाराका साथ रामधुनी नगरपालिका–७ का स्थानियहरु यतिवेला ३ स नामक साप्ताहिक सरसफाई अभियानमा जुटेका छन् ।
स्थानिय ६९ वर्षिय समाज सेवी मनिकर्ण राईको अध्यक्षतामा गत भदौ ४ गते शनिबारदेखि साप्ताहिक सरसफाई अभियान ३ स मा जुटेका स्थानियहरुले आफ्नो घर आँगन, करेसावारी र सडक आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर वडा बनाउँ भन्ने सन्देश दिदै वडामा सरसफाई सुरु गरिएको सरसफाई अभियानकर्मी नवराज निरौलाले जानकारी दिए ।
सरसफाई अभियानमा सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी वडाकार्यालयलाई जिम्मा लगाउने गरि अभियानको थालानी गरिएको र यस अभियान अन्र्तगत शिक्षा, स्वास्थ्य, सरसफाई रहको सरसफाई कार्यक्रमका संयोजक राम कुमार बस्नेतले बताए ।
पहिलो चरणमा वडा सरसफाई गरिने र शिक्षाको क्षेत्रमा सरसफाई गर्न सुरु गरिने बस्नेतले जानकारी दिए । वडामा रहेका सबैको सहभागितामा सरसफाई सुरु गरिएतापनि तेश्रो हप्ता सम्म आइपुग्दा चुनावमा घर दैलो अभियानमा भोट माग्दै आउने स्थानिय नेताहरुले भने सहभागिता नजनाउँदा दुख लागेको बस्नेतले बताए । आफ्नो घर गाउँ सरसफाईमा नजुट्ने नेताले चुनाव जितेको भए वडाको कसरी विकाश हुन्थ्यो जस्तो लाग्छ उनले भने । यो अभियानमा कुनै राजनितिक पाटिले नेतृत्व नगरीकन स्वयम स्थानियले नै नेतृत्व गरेको उनले बताए ।
पहिलो चरणमा वडा सरसफाईको कार्य सकेर वडाका प्रत्येक सडक किनारमा वृक्षारोपण गरिने अभियानकर्मी चक्र राईले बताए । जंगलको जजिकै बस्ती भएका कारण जंगली जनावरले गाउँमा पसेर अन्नबाली विगार्न थालेको भन्दै जंगल भित्र फलफुलका विरुवा रोपेर जंगली जनावरहरुलाई बस्ती पस्नबाट रोक्न सकिने राईले बताए ।
स्थानियहरुले वडाका टोलटोलमा पुगेर सरसफाई गर्ने कार्य सुरु गरेर निकै राम्रो काम गरेको भन्दै रामधुनी–७ का वडा अध्यक्ष केशव गौतमले धन्यवाद दिए ।गतवार्षको मंशिर ९ गते स्वच्छ सफा अभियान घोषणा भएसंगै यो अभियान वडाले गरिरहेको उनले बताए ।
जुडि टोल, क्वाटर टोल र क्याप्टेन चौक सिएसडिसि संगको सहकार्यमा वडाकार्यालयले पुर्ण रुपमा सरसफाई गरिसकेको भन्दै अव स्थानियहरुको अभियानलाई वडाकार्यालयले सिएसडिसि संग सहकार्य गराएर निरन्तर सरसफाई अभियान अगाडी वडाईने वडा अध्यक्ष गौतमले बताए ।

