लण्डन । नेपाल स्कटल्याण्ड एसोसिएसनको आयोजनामा पहिलो आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी इडिनबरामा सम्पन्न भएको छ। नेपाली मौलिकता, संस्कृति, र जनजातीय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उदेश्यले शनिबार अर्थात जुलाई १९ तारिखमा आयोजना गरिएको महोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष बिजय डगोल, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे तथा विशेष अतिथि स्कटल्याण्डका संसद सदस्य फेजल चौधरी रहेका थिए। फेस्टिभल डाइरेक्टरको भूमिकामा अरुण प्रधान रहेका थिए। नेपालतर्फबाट सह(आयोजकको रूपमा नेपाल चलचित्र निर्देशक समाज र आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेशको भुमिका रहेको थियो ।
महोत्सवमा सांस्कृतिक खानाका स्टलहरू,आदिवासी चलचित्रहरूको प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण समारोह रहेको थियो । त्यस्तै महोत्सवमा ४६ वटा चलचित्रको सहभागितारहेको थियो ।
१३ वटा स्पेशल मेन्सन, ८ वटा मेनस्ट्रीम, ५ वटा डकुमेन्ट्री, र १५ वटा शर्ट मुभी गरी जम्मा ४६ वटा आदिवासी चलचित्रहरू प्रस्तुत गरिएको थियो। यस अवसरमा अन्जिला, मुखिया, लाखे आजु, कर्साङ, द एभरेस्ट मम, लाखे एनिमेटेड चलचित्र लगायतका चर्चित चलचित्रहरूको प्रदर्शनी गरिएको थियो।
महाेत्सवमा उत्कृष्ट क्यारेक्टर आर्टिस्ट (पुरुष): मावोत्से गुरुङ – अन्जिला, उत्कृष्ट क्यारेक्टर आर्टिस्ट (महिला): सिर्जना सुब्बा – अन्जिला, उत्कृष्ट स्क्रिप्ट: महेश राई – गाउँ आएको बाटो, उत्कृष्ट नव नायिका: सिर्जना निङ्लेखु – कर्साङ,उत्कृष्ट नायक: दयाह्याङ राई – गाउँ आएको बाटो, उत्कृष्ट नायिका: मेरुना मगर – घर ज्वाइँ, उत्कृष्ट नव नायक: रितेश चाम्स – गोर्खा वारिएर, उत्कृष्ट नव निर्देशक: यम शेर्पा – कर्साङ, उत्कृष्ट निर्देशक: मिलन चाम्स – अन्जिला, त्यस्तै आदिवासी जनजाति प्रतिस्पर्धा तर्फ:उत्कृष्ट अभिनेता: पुर्ण लिम्बू – नाम्लो, उत्कृष्ट अभिनेत्री: अशिस्मा नकर्मी – लाखे आजु, उत्कृष्ट निर्देशक: प्रीतम गुरुङ – मुखिया, उत्कृष्ट मुभी (जुरी अवार्ड): नाक्छोङ – ज्योति राज राई, उत्कृष्ट फिल्म: सुगुप – लोकेन सुब्बा लिम्बू, उत्कृष्ट स्क्रिप्ट: हेमन्त कृष्ण पन्दाक – हागानान्द, उत्कृष्ट डकुमेन्ट्री: द एभरेस्ट मम – सङीता श्रेष्ठ, उत्कृष्ट डकुमेन्ट्री (जुरी अवार्ड): डिभाइन डिलेम्मा – के. पि. पाठक, उत्कृष्ट शर्ट मुभी: खिल – बिकास मगर, उत्कृष्ट शर्ट मुभी (जुरी अवार्ड): लैलसा पराखे – बिनोद पुडासैनी,उत्कृष्ट निर्देशक (जुरी अवार्ड): सागर केरुङ – चे लाई सम्मान गरिएकाे फेस्टिभल डाइरेक्टर अरूण कुमार प्रधानले जानकारी दिए ।
त्यस्तै विश्व प्रसिद्ध म्याराथन धावक – सन्तोष राई, तेक्वान्दो च्याम्पियन तथा अभिनेता – राज कुमार राई, वरिष्ठ चलचित्रकर्मी – मनिष श्रेष्ठ,वरिष्ठ निर्देशक – सनम कुमार बैराग,वरिष्ठ चलचित्रकर्मी – बिनोद चिपालु, कलाकार/निर्माता – प्रेम लामा, वरिष्ठ निर्माता – ज्योति राज राई, संगीतकर्मी/निर्माता – पोपि राज राई, व्यवसायी तथा समाजसेवी – शेखर कडेल, पहिलो गुरुङ नायिका – सरु गुरुङ राना मगर, गायिका – बिस्नु चोम्जोम, सिनेम्याटोग्राफर – आशिष श्रेष्ठ लाई विशेष सम्मान गरिएकाे फेस्टिभल डाइरेक्टर प्रधानले जानकारी दिए ।


















