No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एभरेष्ट र इन्टुजी बीच सम्झौता

फलैचा न्यूज by फलैचा न्यूज
असार २०, २०८२
in समाचार, हेडलाइन
0
एभरेष्ट र इन्टुजी बीच सम्झौता
Share on FacebookShare on Twitter

इटहरी । नेपालमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कलेजहरू मध्ये अव्वल दर्जामा रहेको एभरेष्ट इन्जिनियरिङ कलेज र विदेशी प्रत्यक्ष लगानी (एफडिआई) अन्तर्गत अष्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी इन्टुजी प्रा.लि. बीच सम्झौता भएको छ।

तीन वर्ष अगाडि देखि नेपालमा काम गर्दै आएको यस कम्पनी र एभरेष्ट इन्जिनियरिङ कलेज बीच लामो समय देखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएकोमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन बिहिबार औपचारिक सम्झौता भएको हो।

सम्झौता अन्तर्गत इन्टुजी प्रा.लि.का कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलव्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर प्रा.लि. ले दिने छ।

सम्झौताबाट एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने छन्। नेपालका विभिन्न नीजि कम्पनीहरूमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले २५ वर्ष अगाडि देखि आफ्नो सीप तथा दक्षता प्रदर्शन गर्दे आएको र यस कलेजका विद्यार्थीहरूलाई पहिले देखि नै नीजि कम्पनीहरूले रुचाउँदै आएको कलेजको तथ्याङ्कबाट देखिएको छ।

एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा.लि. बीचको भएको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने विश्वास कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले व्यक्त गरे।

इन्टुजीका प्रमुख सुचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरू मध्येमा परेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको धारण व्यक्त गरेका थिए।

ShareTweetPin
Previous Post

माग्ने बुढा फर्किए राजा भएर नयाँ अवतारमा

Next Post

साना उद्यममाथि मृत्युदण्डको छायाँ

Next Post
साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.