इटहरी । सुनसान राति ,करिब साडे १० बजेको समय, प्राय सबैजना खाना खाएर मस्त निन्द्रामा थिए । एकासी ठुलो ठुलो स्वरमा एक जना महिला चिच्याएको आवाज आयो । आवाज पनि समाजमा अपच्य सुनै नसकिने खाले गालि गरीरहेको ।
तेसपछि वरपरका मासनिहरुपनि जम्मा हुन थाले । घटना हो इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित रङगसाला जाने गेट छेउ । इटहरी उपमहानगरपालिका–९ स्थित रंगशाला गेट छेउमा भाडामा बस्दै आएकी एक महिलाले मादक पदार्थ सेवन गरेर गालीगलौज मच्चाएपछि स्थानीयमा आक्रोश फैलिएको छ । जेठ २८ गते राति साढे १० बजेतिर उक्त महिलाले छिमेकी महिला र अन्य स्थानीयलाई आपत्तिजनक शब्द प्रयोग गर्दै निरन्तर गाली गरेपछि स्थिति तनावपूर्ण बनेको हो। स्थानीयका अनुसार ती महिलाले यसअघि पनि पटक–पटक यस्तै व्यवहार दोहोर्याउँदै आएकी थिइन्। दक्षिणकाली टोल सुधार समितिले बैठक बसेर यदि यस्ता गतिविधि पुनः दोहोरिएमा घर खाली गराउने निर्णयसमेत गरेको थियो । समितिका अध्यक्ष बलबहादुर कटुवालले घटनाबारे जानकारी दिँदै “बरु सुधार होस् भनेर पटक–पटक सम्झाउँदै आयौँ, तर अवस्था नियन्त्रणबाहिर गइसकेको छ,” भने ।
घटनापछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरिएको थियो। करिब खबर गरेको २० मिनेटपछि प्रहरी नायब निरीक्षकको टोली आए पनि ती महिलाले ढोका थुनेर बसेपछि महिलालाई नियन्त्रणमा लिन नसकी फर्किएको थियो। प्रहरीले “अब सान्त हुनु हुन्छ होला, फेरि भयो भने खबर गर्नुहोस भन्दै घटनास्थलबाट बाहिरिए । तर प्रहरी फर्किएपछि ती महिलाले पुनः गालीगलौज सुरु गरिन्। यसपछि कार्यपालिका सदस्य राधिका पौडेल र टोल सुधार समितिका अध्यक्ष कटुवालले पुनः प्रहरीलाई बोलाउँदा केही आनाकानी भए पनि अन्ततः प्रहरी सहायक निरीक्षकको नेतृत्वमा अर्को टोली घटनास्थलमा आएको थियो। तर दोस्रो पटक आएको प्रहरी टोलीको व्यवहारप्रति स्थानीय असन्तुष्ट बनेका छन्। अध्यक्ष कटुवाललगायतका स्थानीयलाई दोषारोपण गर्दै धम्क्याउने शैलीमा तपाइहरुकै कारण यस्तो भएको आरोप लगाइएको छ। घटनाको रेकर्ड गर्न खोजेका पत्रकार समिर दुलालको मोबाइल जबरजस्ती खोसिएको र करिब १० मिनेटपछि फिर्ता गरिएको छ। पत्रकारमाथिको व्यवहार र प्रहरीको भूमिकाप्रति स्थानीय स्तरमै असन्तोष चुलिएको छ।
बारम्बार ति महिलाको बेबार देखेर सबै स्थानिय आजित बनेका दक्षिणकाली टोल सुधार समिति अध्यक्ष बलबहादुर कटुलालले बताए । प्रहरी बोलाइसके पछि घटनास्थलमा आएका प्रहरीको त्यो बेवहार दुखलाग्दो भएको दक्षिणकाली टोल सुधार समितिल अध्यक्ष बलबहादुर कटुलालले बताए । सान्ति सुरक्षा दिन आएका प्रहरीको बेवहार देखेर छक्क परेको इटहरी उपमहानगरपालिकाको कार्यापालिका सदस्य रादिका पौडेलले बताइन्र ।
मादक पदार्थ सेवन गरेर वरिपरिका छरछिमेकलाइनेै असर गर्ने खाल्को बेवहार गरेरपछि प्रहरीलाइ बोलाउदा पनि स्थानियमाथि नै प्रहरी जाइलाग्नु र पत्रकारको मोबाइल खोसिनु दुखद भएको स्थानियद बबिता रोइलाले बताइन् । सुरक्षा दिनुपर्ने प्रहरीकै व्यवहारले उल्टै तनाव सिर्जना भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन “समस्या समाधान गर्न बोलाइएको प्रहरीबाटै धम्की र सञ्चारकर्मीमाथि दुव्र्यवहार हुनु दुःखद हो।


















