इटहरी । सहकारी अभियानलाई गाउँ–गाउँसम्म पुर्याउने उद्देश्यका साथ किसान कल्याण साकोसले गाउँ टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तारित मञ्च सम्पन्न सम्पन्न गरेको छ ।
बिहिबार इटहरी १६ स्थित संस्थको सभालमा गाउँ टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तारित मञ्च सम्पन्न सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा आयोजित उक्त भेलामा ३५ जना सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहकारीका सिद्धान्त, मूल्य मान्यता, संस्थाले प्रदान गर्दै आएको ऋण तथा बचत सेवा, विभिन्न तालिम र सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमहरूबारे विस्तृत जानकारी तथा प्रशिक्षण प्रदान गरिएको संस्थाका कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
यस किसिमका कार्यक्रमले सदस्यहरूलाई जानकारीमूलक मात्र होइन, भावना र जिम्मेवारीका हिसाबले पनि सशक्त बनाउने विश्वास लिइएको अधिकृत बस्नेतले बताए । कार्यक्रमले सदस्य र संस्थाबीचको सम्बन्ध थप बलियो बनाउनुका साथै साझा लक्ष्यप्रति एकताको भावना पैदा गरेको संस्थका अध्यक्ष शालिकराम ढकालले बताए ।


















