काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् ।
मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख सचेतक शाहीले माओवादीले तोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको भन्दै आरोप लगाएका हुन् ।
पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेतहरुको घर घेर्ने दिन आउने चेतावनी दिए । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं ? भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गरेका थिए ।
प्रमुख सचेतक शाहीले पटक पटक सत्तामा बसेका नेताहरुले उद्योग धन्दा बेचेर खाएको समेत आरोप लगाएका थिए ।


















