झापा : पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको सताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरेसंगै आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । झापाको शताक्षीधाम क्षेत्रमा रहेको गोलोक गोवर्धन गौशाला धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको हो ।
दाताले दिएको दानलाई सही सदुपयोग गरे करोडौं मूल्यको लागतमा स्थायी संरचना निर्माण हुँदो रहेछ भन्ने गतिलो उदाहरण झापाको एक धार्मिक संस्थाले देखाएको छ। झापाको शताक्षीधाम स्थित गोलोक गोवर्धन गौशालाले एक दशक यता करोडौँ मूल्य बराबरको स्थायी संरचना निर्माण गरेको छ। पछिल्लो समय धार्मिक पर्यटनका हिसाबले आकर्षक गन्तव्य बनेको झापाको शताक्षीधाम क्षेत्रमा गोलोक गोवर्धन गौशालाले धमाधम स्थायी संरचना निर्माण गरिरहेको छ ।
धार्मिक स्थलमा साधुसन्तको स्थायी आगमन भएपछि धार्मिक क्षेत्रलाई चाहिने आवश्यक पूर्वाधारहरू निर्माण भइरहेको स्थानीयले बताए । स्थानीयवासी भन्छन्, ’ सन्तको आवागमन भएपछि शताक्षी धामले रूप परिवर्तन गरेको हो।’
१० वर्षअघि मात्र स्थापना भएको गौसलाले धार्मिक पर्यटनमा नेपाल सरकारलाई ठूलो टेवा पुर्याइरहेको छ ।


















