सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।
एक जना बेपत्ता भएको आशंका छ । दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ ।
त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको छ ।
मानविय क्षतिको पूर्ण विवरण आइसकेको छैन । जल तथा मौमस विज्ञान विभागले बाढीबाट सतर्क रहन दुधकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।
यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत र सुरक्षित स्थानमा जान अपिल गरेको छ ।