मोरङ । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । आईसीयू खाली भएकै समयमा नै आगो लागेकोले कुनै मानविय क्षती भएन ।
आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको थियो । अस्पतालमा बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


















