इटहरी। बेंसीसहर नगरपालिका-६, तल्लो मकैडाँडाका ३५ वर्षीय मिनबहादुर रिमालको भीरबाट खसेर मृत्यु भएको छ । बेंसीसहर नगरपालिका-६ का वडा सदस्य सोमबहादुर रिमालका अनुसार मिनबहादुरको शव भीरबाट खसेको अवस्थामा शुक्रबार राति भेटिएको हो ।
बिहीबार बिहान घरबाट निस्किएका उनी साँझ ५ बजेतिर खरबारीमा सुतिरहेको अवस्थामा स्थानीयले देखेका थिए । शुक्रबार पनि घर नफर्केपछि खोजीका क्रममा जल्केनी भीरबाट खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बिहीबार बिहानबाट हराएका सोमबहादुर रिमाल शुक्रबार राती ८ बजेतिर मृत अवस्थामा भेटिएको बताए । उनका अनुसार रिमाल करिब १ सय मिटर जतिको भीरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । रिमालको शवलाई परीक्षणका लागि लमजुङ अस्पतालमा राखिएको छ ।
नेपाली सेनामा ६–७ वर्ष सेवा गरेर फर्किएका रिमाल पछिल्लो समय मदिरा सेवन गरेर हिँड्न थालेका थिए । उनको श्रीमती र ३ छोरा छन् ।


















