इटहरी । गतिशील शैक्षिक समुहको व्यवस्थपनमा कोशी प्रदेशको केन्द्रविन्दुको रुपमा परिचित इटहरीमा इ–लाइब्रेरी सँगै कम्प्युटरका आवश्यकीय सामग्रीहरूको बिक्री वितरण तथा मर्मत कक्ष नामक गतिशील फर्स्ट संञ्चालनमा आएको छ ।
पुस्तक व्यवसायमा छुट्टै पहिचान बनाएर सफलता हात पारेको गतिशिल शैक्षिक समूहले मंगलवार इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै सेवा संञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कस्तुरी कलेजका प्राचार्य प्रेम प्रसाद न्यौपानेले शिक्षा क्षेत्रमा गतिशिल शैक्षिक समूहले पुर्याएको योग्दानको प्रशंसा गरेका थिए । उनले आफु लामो समयदेखि शिक्षाको क्षेत्रमा कार्यरत रहेर काम गरेको अनुभव सुनउँदै अहिलेका विद्यार्थीहरुलाई प्रविधिको विकाशले अध्ययन अध्यापनमा सहज बनाएको बताए । शैक्षिक विकाशमा गतिशील शैक्षिक समुहले एउटा इटा थपेको भन्दै न्यौपानेले सफलताको शुभकामना समेत दिए ।
स्थापनाको छोटो समयमै कोशी प्रदेश लगायत नेपालका बिकट गाउँका विद्यालयहरुमा आवश्यक पाठ्य पुस्तकहरू उपलब्ध गराएर महत्त्वपूर्ण योग्दान दिएको दिएको भन्दै शिक्षाविद् लेखनाथ घिमिरेले गतिशिल शैक्षिक समूहको जति तारिफ गरे पनि कम हुने बताए ।
कार्यक्रममा इटहरी भित्र रहेका सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने १० जना बिद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा इटहरी जेशीजका संस्थापक किशोर भण्डारी , मन्टेस्वरी सामग्री उत्पादक तीर्थ रिमाल , विभिन्न सामुदायिक विद्यालयका शिक्षक एवम् बिद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । गतिशिल शैक्षिक समूहका अध्यक्ष तीर्थ भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।