इटहरी। मोरङ्गको पथरीमा इन्ट्रा फाउन्डेसनले सामुदायिक परियोजना अन्तर्गत पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।
इन्ट्रा फाउन्डेसन (इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका) ले भुटानबाट नेपाल हुँदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै निर्माण सम्पन्न गरेकाे ५ शैयाकाे स्वास्थ्य चौकी शनिबार उद्घाटन गरेको हाे ।
स्वास्थ्य चौकीमा औषधिहरूको ब्यबस्थापन र नर्सको समेत सुविधा रहेको छ । साथै बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिरामीको आवश्यकता अनुसार हप्तामा २ दिन डाक्टरहरु उपलब्ध रहने छन् ।
उद्घाटन कार्यक्रममा फाउन्डेसनले पथरी शनिश्चरे नगरपालिका र झापाको दमक नगरपालिकालाई १/१ थान एम्बुलेन्स समेत प्रदान गरेको छ ।
इन्ट्रा फाउन्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारीले आफू भुटानी शरणार्थी हुँदा र त्यस समय पाएको दुःख र संघर्षलाई पनि सम्झिँदै त्यस्तो दुःख कसैले भोग्नु नपरोस् भन्दै सहयोग गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको कामलाई प्रसंसा गरेका थिए ।
उद्घाटन कार्यक्रममा कलाकार दिलिप रायमाझी, गायक डम्बर नेपाली ,करिश्मा ढकाल, शंकर बिसिलगायतका कलाकारहरुको सहभागिता रहेको थियो भागि थिए ।