No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चार प्रदेशमा बहुमत जुटाउन सत्तारूढ दलहरुको पहल

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २०, २०८०
in राजनीति, समाचार, समाज, हेडलाइन
0
चार प्रदेशमा बहुमत जुटाउन सत्तारूढ दलहरुको पहल
Share on FacebookShare on Twitter
काठमाण्डौ – नयाँ सत्ता समिकरणसँगै प्रदेश सरकारको पनि पुनर्गठनको समझदारी गरेका दलहरु बहुमत जुटाउने कसरतमा लागेका छन् । पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णाली एमालेले, बाग्मती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम एकीकृत समाजवादी र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी भएको छ ।

बाग्मती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विश्वासको मत लिनुभएको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशीमा बहुमत जुटाउन पहल भैरहेको छ ।  कर्णालीमा अहिले माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । तर सहमति अनुसार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको छ । केन्द्रको निर्णयलाई पालना गर्दा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुपर्ने हुन्छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसदको मत चाहिन्छ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

त्यस्तै गण्डकीमा विपक्षी राप्रपाविना सरकार निर्माण केही कठिन देखिएको छ । अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेर मात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धन दबाबमा छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन ।

गएको फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्र पाण्डेले संविधान अनुसार पर्सि २२ गतेसम्म विश्वासको मत लिनुपर्छ । त्यसअघि कसरी अगाडि बढ्ने भन्नेबारे पाण्डे छलफलमै हुनुहुन्छ ।

सुदूरपश्चिम र लुम्बिनीमा नागरिक उन्मुक्ति र नेकपा एकीकृत निर्णायक देखिएका छन् । तर नागरिक उन्मुक्ति पार्टीभित्र अहिले विवाद चर्किएको छ । त्यसकारण बहुमत जुटाउन थप प्रयास चलिरहेको छ । विश्वासको मत लिनुपर्ने समय सीमा सकिनै लाग्दा आफ्नो पक्षमा समर्थन जुट्न नसक्दा नेपाली कांग्रेसबाट सुदूरपश्चिम सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाह अप्ठारोमा पर्नुभएको छ ।

कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री हुनुहुन्छ । माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थन सरकारलाई कायमै रहेकाले फिर्ता लिएलगत्तै नयाँ समीकरणअनुसार सरकार गठन हुन सक्छ । तर, यसअघि नै अन्तिम विकल्पमा अहिलेको सरकार गठन भएकाले त्यहाँ नयाँ सरकार गठन हुने/नहुने अनिश्चित छ ।

मधेश प्रदेशमा केन्द्रमा समीकरण फेरिए पनि जसपाले नै सरकारको नेतृत्व गर्ने सहमति छ । जसअनुसार मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ समीकरणअनुसार एमालेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । कांग्रेस सरकारबाट बाहिरिएको छ ।

माओवादी र एकीकृत समाजवादी सरकारमै छन् । यद्यपि, मन्त्रिपरिषद् हेरफेरमा माओवादी र एमालेबीच थप कुराकानी मिल्न बाँकी नै छ ।

ShareTweetPin
Previous Post

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

Next Post

आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

Next Post
आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज आरसीबी र लखनउ खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.