ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’

प्रतिकारात्मक तस्विर

इटहरी :  होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’ भएको छ । ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गएराति दुईजनाको हत्या भएको हो ।

राति ९ बजेको समयमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पुष्टि गरे ।

मृत्यु हुनेमा सुनसरीको धरान घर भइ हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भइ हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए ।

प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । होली खेल्ने क्रममा विवाद बढ्दै जाँदा यस्तो घटना हुन पुगेको प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here