No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २२, २०८०
in अन्तर्राष्ट्रिय, खेल, समाचार, हेडलाइन
0
त्रिकोणात्मक टी-२० सिरिजको  फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ
Share on FacebookShare on Twitter
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० ओडीआई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

ओपनर माइकल लेभिटको विकेटमा नेदरल्यान्ड्सको प्रदर्शन धेरै निर्भर हुने देखिन्छ । लेभिटले नामिवियाबिरुद्ध १३५ रनको विष्फोटक शतक हानेका थिए । नेपालसँग पहिलो खेलमा डेब्यूमै अर्धशतक प्रहार गरेका थिए ।

म्याक्स ओडाउड, स्कट एडवार्ड्स र साइब्रान्ड एंगेलब्रेक्ट प्रमुख ब्याटर हुन् । नेदरल्यान्ड्सको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर छ । शीर्षक्रमका विकेट सुरुवातमा लिन सके उपाधि यात्रा सहज हुनसक्छ ।

यता नेपालको शीर्षक्रम भने चल्न सकेको छैन । दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखले संघर्ष गरेका छन् । विशेषगरी कुशल भुर्तेलबाट आजको खेलमा नेपाल सानदार प्रदर्शन चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको ब्याटिङ र बलिङ दुवै महत्वपूर्ण हुनसक्छ ।

नेपालले स्पिनर ललित राजवंशीलाई आजको खेलमा मौका दिनसक्छ । ललितलाई मौका दिंदा अभिनाश बोहरा र आरिफ शेख मध्य एक बाहिर हुनुपर्ने हुन्छ ।

नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना छैन । नेदरल्यान्ड्सविरुद्ध पछिल्लो खेलमा तीन विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका प्रतिश जि.सीलाई आज पनि मध्यक्रम र डेथ ओभरमा प्रयोग गर्ने देखिन्छ । कप्तान रोहित पौडेल, गुलशन झा र कुशल मल्लले मध्यक्रममा जिम्मेवारी इनिङ खेल्नुपर्छ ।

नेपालको तीव्र गतिका बलरमा करण केसी, सोमपाल कामी र प्रतिश जि.सी हुने पक्का छ । ललितलाई मौका नदिए अभिनाश पनि हुनेछन् । स्पिनरमा भने दीपेन्द्र र कुशल मल्ल हुनेछन् । आवश्यक परेमा रोहित र कुशल भुर्तेल पार्टटाइम स्पिनर हुनेछन् ।

नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् । जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीनछ । टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ ।

ShareTweetPin
Previous Post

रास्वपाको ४ मन्त्रालयमा , गृह नछाड्ने दाबी

Next Post

कोशीटप्पुमा चराको संख्या घटेको संरक्षण कोष कोशीकाे तथ्याङ्क

Next Post
कोशीटप्पुमा चराको संख्या घटेको संरक्षण कोष कोशीकाे तथ्याङ्क

कोशीटप्पुमा चराको संख्या घटेको संरक्षण कोष कोशीकाे तथ्याङ्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.