मोरङको पथरी शनिस्चरे ७ स्थित लामा टोलमा एक १५ वर्षीया बालिकाको हत्या भएको छ । लामा टोलस्थित सुम्नीमा होटलमा कार्यरत १५ वर्षीय ज्ञान कुमारी राईलाई अज्ञात समुहले धारीलो हतीयार प्रयोग गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार हतीयार प्रहारबाट बालिकाको टाउको छिनेको र घटना बारे थप अनुशन्धान भइरहेको जनाएको छ । मृतक बालिका पथरीशनिस्चरे स्थित १ वर्ष देखि मामा ृघरमा बस्दै आएकी थिइन । उनी पथरी शनिश्चरे १ पञ्चायत मा वि कक्षा ७ मा अध्यानरत छात्रा हुन ।
उनको हत्या किन र कसले गरेको हो सो खुलेको छैन । हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

















