No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यू-१९ विश्वकप: पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

फलैचा न्यूज by फलैचा न्यूज
माघ ११, २०८०
in अन्तर्राष्ट्रिय, खेल, समाचार, हेडलाइन
0
यू-१९ विश्वकप: पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं– दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार भोगेको छ। बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भयो। नेपाललाई हराएसँगै पाकिस्तान लगातार दोस्रो जितसँगै सुपर सिक्समा प्रवेश गर्न सफल भयो। यो समूहबाट यसअघिनै न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरीसकेको छ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो। अब समूहमा अघिल्लो चरण पुग्ने तेस्रो टिमको टुंगो नेपाल र अफगानिस्तानबिच शुक्रबार हुने खेलले तय गर्ने छ। उक्त खेलमा विजयी हुने टोली सुपर सिक्समा पुग्ने तेस्रो टोली बन्ने छ।

दक्षिण अफ्रिका स्थित इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको थियो।

पाकिस्तानका लागि अजन अवाइसले ६३ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा ओपनरहरु श्यामल हुसेइन र साजाइब खानले समान ३७-३७ रन बनाएका थिए। त्यस्तै अहमद हसइनले २९ रन बनाए। त्यस्तै हरोन अर्सादले १५ रनको इनिङ खलेका थिए। नेपालका लागि आकाश चन्दले ३ विकेट लिंदा दिपेश कँडेल र आकाश त्रिपाठीले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर विपिन रावतले सर्वाधिक ३९ रन बनाउँदा कप्तान देव खनाल २३ रनमा आउट भए। त्यस्तै दिपक डुम्रे २६ रनमा आउट हुँदा दिपेश कँडेलले १३ रन बनाए। त्यस्तै सुवाष भण्डारी २० रनमा आउट हुँदा आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका लागि अरफात मिनहासले सर्वाधिक ३ विकेट लिंदा अहमेद हुसेन र उवाद साहले २–२ विकेट लिए। त्यस्तै मोहम्मद जेसन र अली अस्फान्दले समान १-१ विकेट लिएका थिए। नेपाल यू-१९ विश्वकपमा लगातार दोस्रो पटक पाकिस्तान सँग पराजित भयो। नेपालले २००२ मा पाकिस्तानलाई पराजित गर्दै सनसनि मच्चाएको थियो।

ShareTweetPin
Previous Post

प्रधानमन्त्रीको निर्देशन:- तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनू

Next Post

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

Next Post
प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.