इटहरी । सुनसरीको इटहरीमा रहेको सुविधा बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । विहिबार एक कार्याक्रमको आयोजना गरि सहकारीले साधारण सभा सम्पन्न गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा न १७ का वडा अध्यक्ष प्रल्हाद कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीको पछिल्ला अवस्था हेर्दा शुविधा रामो लयमा चलेको सहकारी भएको बताए ।
वडा अध्यक्ष आचार्यले सहकारीमा सहकार्य आवस्यक रहेको बताएका छ्न । उनले आयआर्जन गर्न र दैनिकीमा सहजता ल्याउन सहकारी आन्दोलनको भूमिका रहेको पनि बताए । सहकारीको भिडमा सुविधा सहकारी आफ्नो गतिमा हिडिरहेको उल्लेख गर्दै आर्थिक सूचक सुविधामा सकारात्मक र पार्दर्शी रहेको उल्लेख गरेका छन् ।
सहकारीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले छोटो अवधिमा प्राप्त गरेको सिकाइ, अनुभव र उपलब्धिको जगमा उभिएर आगामी यात्रा तय गर्ने बताए । लेखा समितिको प्रतिवेदनमा सहकारीका प्राय: सूचकहरु सकारात्मक रहेको देखिन्छ ।