No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशीको मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबी, कसको होला मान्यता

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २५, २०८०
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
कोशीको मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबी, कसको होला मान्यता
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका नेता केदार कार्कीले दाबी गरेका छन् । मुख्यमन्त्रीमा दावी गर्ने आङ्वो नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता हुन् ।

दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् । गठबन्धनको बिहीबार काठमाडौंमा भएको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै विराटनगर आएर उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन् । कांग्रेसको संस्थापनइतर अर्थात डा. शेखर कोइराला पक्षधर उनले नेकपा (एमाले)को समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उनलाई साथ दिएका छन् ।

गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरुले कार्कीलाई समर्थन जनाएको बताइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ बमोजिम भोलि शुक्रवार अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

त्यसको एक दिनअघि नै मुख्यमन्त्रीमा दुई जनाबाट दाबी पेश भएको हो । उक्त उपधाराअन्त्र्गत बहुमत पुर्याउनसक्ने जुनसुकै प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछन् । यसमा पार्टीको ह्वीप नलाग्ने हुँदा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा समर्थन गर्दा स्वविवेक प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था छ ।

त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।यद्यपि, प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन । यसअघि एमालेसँगको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ मुख्यमन्त्रीमा कसैलाई पनि समर्थन गरेको छैन । सरकार गठनका विषयमा निर्णय लिएर राप्रपाले शुक्रबार बिहानका लागि पदाधिकारी बैठक बोलाइएको थियो । राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पार्टीका तर्फबाट दुवै जनालाई समर्थन नगरिएको जानकारी दिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले भने कांग्रेसका प्रदेशसभा सदस्य कार्कीलाई समर्थन गरेको छ । एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए ।

कार्कीलाई पार्टीको इतर समूहका सांसदहरु शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनिता गुरुङले साथ दिएका छन् । गयानन्द मण्डलले भने हस्ताक्षर गर्न नमानेको बताइएको छ ।

कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोशीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको आंकलन गरिएको छ । कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

गठबन्धन दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९ र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् ।

ShareTweetPin
Previous Post

ग्याङ्गफाइट योजनामा रहेका १५ जना प्रहरीको नियन्त्रणमा

Next Post

भायानेटको २४औँ बार्षिक उत्सव अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

Next Post
भायनेटको नवीकरण अफर, वार्षिक सदस्यतामा २ महिना नि:शुल्क

भायानेटको २४औँ बार्षिक उत्सव अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.