ग्याङ्गफाइट योजनामा रहेका १५ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो तरबारसहित प्रहरीले १५ जनाको समूहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ग्याङफाइट गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कर्यालय मोरङ्गले जनाएको छ।

युवतीसँग जोडिएको विषयमा विवाद हुँदा ग्याङफाइट गर्ने योजना बनेको थियो । योजना बनाएर निस्केको थाहा पाएपछि प्रहरीले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने मोरङ र सुनसरीका छन् । पक्राउ पर्नेमा कटहरि ४ का १८ वर्षीय शेष अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना रहेका छन् । पक्राउ परेका अन्य १२ जना नवलाक रहेकोले प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन ।

पक्राउ परेका अलिको साथबाट प्रहरीले तरबार बरामद गरेको छ । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठ्ठी र नखलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेको थियो । ‘ग्याङ फाइट गर्न हिँडेको भन्ने सूचना प्रहरीले बेलैमा जानकारी पाएपछि उनीहरुलाई बीचमै नियन्त्रणमा लियो । दुर्घटना हुनसक्ने जोखिमलाई समयमै सूचना पाउँदा जोगाउन प्रहरी सफल भएको छ । उनीहरुसँग सोधपुछ भईरहेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.