इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ०८ बाग्झोडामा अवस्थित श्री कोशी मा. वि. मा बालबालिकाहरुलाई नेपाल रेडक्रस सदस्यता दिवशको अवसरमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त ट्राफिक सचेतना सम्पन्न भएको छ ।
कोशी मा वि मा अवस्थित जुनियर रेडक्रस सोसाइटिले विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको जुनियर रेडक्रस सोसाइटिका संयोजक शिक्षक श्री वालिका कटुवालले बताएकि छिन । जुनियर रेडक्रस सोसाइटि कोशी मा. वि. का उपसभापति निकेश आचर्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि विद्यालयका प्र अ श्री बालकृष्ण अधिकारी, विशेष अतिथि प्र. स. नि. श्री उमेश बस्नेत, अतिथि प्र. ह. श्री सूर्य सिवाकोटी र सामाजिक विषय विभाग प्रमुख श्री बालकृष्ण वोहरा रहेकामा कार्यक्रम सहजीकरण प्र. ह. श्री सूर्य सिवाकोटीले गरेका थिए ।
विशेषगरी व्यवहारिक जीवनमा अति आवश्यकिय ज्ञान जस्तै सडक, सवारी साधनको वर्गिकरण, सवारी चालक अनुमति पत्र, योग्यता, ट्राफिक चिन्ह तथा संकेत लगायत विभिन्न ट्राफिकसङ्ग सम्बन्धित विषयमा सहजीकरण गरिएका सहभागि विद्यार्थीहरुले बताएका छन । विद्यालयले यस्तो व्यवहारिक ज्ञान विद्यालय तहमा नै प्रदान गरेकोमा सहभागि विद्याथीहरुले सक्रियता जनाएका छन् ।
विद्यार्थीलाई सैदान्तिक साथै व्यवहारिक जीवनोपयोगी ज्ञान प्रदान गर्नुपर्ने र यस्ता खालका कार्यक्रमले वास्तव मै विद्याथिहरूमा फलदायि हुने धारणा प्र अ वालकृष्ण अधिकारी ज्युले बताउदै शुभकामना व्यक्त गर्नु भएको छ ।