इटहरी । ओखलढुङ्गामा छिमेकीको हत्या गरेको आरोपमा ८३ वर्षीय वृद्धलाई प्रहरिले पक्राउ गरेको छ । उनले ८३ वर्षकै सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
दुवै जनाबीच बुधवार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।
घाइते भएका अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल लगिको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।