बराहक्षेत्र । सुनसरी बराहक्षेत्र ०८ स्थित कोशी माद्यमिक विद्यालयमा बालभित्ते पत्रिका विमोचन गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रम गरी विद्यालयले विद्याथीहरुलाई शैक्षिक ज्ञान साथसाथै सर्वाङ्गिण विकासको ध्येयले बाल भित्तेपत्रिकाको अभ्यास विद्यालय तहमा ल्याइएको हो ।
विद्यार्थीहरूमा भएका आफ्ना लेख, रचना तथा समसामहिक विषयवस्तुको जानकारी र सृजनालाई उजागरण गर्नका लागि बाल उजागरण नारा सहित कोशी बालभित्ते पत्रिका अङ्क १ प्रकाशन गरिएको हो । यस बालभित्ते पत्रिका पाक्षिक रूपमा प्रकाशनमा ल्याउने कोशी बाल भित्ते पत्रिकाका सम्पादक तथा कार्यक्रम सञ्चालक सबिता लिम्बूले बताइन् ।
कोशी माद्यमिक विद्यालय पालिकाबाट नमूना विद्यालय प्रस्तावित हो ।

















