सुनसरी । सेउतीखोला नजिकैको विराटनगर –५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने धरान–४ का २७ वर्षीय युनेश राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । राईलाई धरानबाट पक्राउ गरेको हो ।
राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोलको गोली राखिदिने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ । रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या ६ जना पुगेको छ । शुक्रवार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका थिए ।
यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परिसकेका छन् ।


















