इटहरी । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई प्रहरीले पक्राउ गरेको छ ।
मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ


















