इटहरी । इटहरी उप महानगरपालिकाले मालपोतको दरमा अत्याधिक वृद्धि गरेको छ ।
अघिल्लो वर्ष इटहरी उप महानगरपालिकाले ल्याएको आर्थिक ऐन भन्दा यस पटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएको सर्वसाधारणको गुनासो आएको छ ।
इटहरी नगर सभाले पास गरेको आर्थिक ऐन २०८०–८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै होइन ग्रामिण क्षेत्रको जग्गाको समेत कर बढाएको छ ।
गत वर्ष धुरको सबै भन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँ सम्म पुर्याएको छ ।
करको दर अत्यधिक बढाइएपछि सर्वसाधारण मारमा परेका छन् ।
इटहरीको मुख्य चोक कोशी राजमार्ग र पूर्व पश्चिम सडक खण्डको जग्गाको करको दर प्रति धुर १ सय रुपैयाँ पुर्याएको छ ।

















